• Saturday 25th of July 2026

पत्रकार महासङ्घ बैतडीको अध्यक्षमा अवस्थी


  • आशाका किरण
kqsf/ dxf;ª3 a}t8Lsf] cWoIfdf cj:yL rog a}t8L, % kmfu'g M g]kfn kqsf/ dxf;ª3 a}t8Lsf] gofF sfo{;ldlt;Fu dxf;ª3sf s]G›Lo ;b:o pQ/ lji6 . ;b:otf ljjfbsf sf/0f ut r}tdf oxfFsf] clwj]zg x'g ;s]sf] lyPg . kqsf/ dxf;ª3 a}t8Lsf] cWoIfdf vu]G› cj:yL rog ePsf x'g . t:jL/ M ljgf]b l;+x lji6÷/f;;

नेपाल पत्रकार महासङ्घ बैतडी शाखाको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन हुनुभएको छ । जिल्लामा अवस्थीको अध्यक्षतामा महासङ्घको १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

शाखाको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट, सह–सचिवमा विनोदसिंह विष्ट र समावेशी सह–सचिवमा प्रेम ओडलाई चयन गरिएको छ । यस्तै चार राष्ट्रिय परिषद् सदस्य र नौ प्रदेश परिषद् सदस्यसमेत छनोट गरिएको छ । सदस्यता विवादका कारण शाखाको गत वर्ष चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन् ।

शाखामा नयाँ कार्यसमिति चयनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस सङ्गठन र नेपाल प्रेस सेन्टरबीच सहमती भएको हो । सहमतीका आधारमा कार्यसमिति चयन गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिनुभयो । विवाद समाधानका लागि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न सहमति गराएको थियो । नयाँ कार्यसमितिका पदाधिकारीलाई महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले आज पदभार ग्रहण गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij