• Friday 30th of October 2026

दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै


  • आशाका किरण
9nfg ul/Psf] ;8sdf kfl/Psf] vfN8f] vf]6fª, ^ kmfu'g M lhNnfsf] k|d'v Jofkfl/s s]Gb| lbQm]n ahf/l:yt /Tgkfs{ If]qdf 9nfg ul/Psf] ;8sdf kfl/Psf] vfN8f] . ;x/L vfg]kfgL tyf ;/;kmfO cfof]hgfsf 7]s]bf/n] 9nfg ul/Psf] ;8ssf] /8 tyf l;d]G6 sf6]/ vfg]kfgL lj:tf/sf] sfd ubf{ pQm ;8s hL0f{ aGb} uPsf] 5 . tl:a/ M s]bf/ du/÷/f;;

खोटाङ, ६ फागुन (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ ।

ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदलयात्रु तथा सवारीसाधन खाल्डोमा पर्दै आएका छन् ।

ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिनारड गिट्टी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो ।

खानेपानी आयोजनाका कारण सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले आरोप लगाउनुभयो । “दिक्तेल बजारको सडक ढलान यसअघि नै गुणस्तरहीन थियो”, उहाँले भन्नुभयो, “अहिले निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका कारण सडक झन जीर्ण बनेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान नजाने हो भने ठूलो दुर्घटना हुने सम्भावना छ ।”

भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउने गरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । “पहिले पाइप विस्तार गर्दा जडान गरिएका केही ठाउँमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “पुरानै अवस्थामा आउने गरी समस्याग्रस्त ठाउँमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ ।”

नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको रु पाँच करोडको लागतमा दिक्तेल बजारस्थित किराँत चोकबाट मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । क्रमागत योजनाअन्तर्गत मानवअधिकार चोकबाट हाटडाँडासम्मको बाँकी सडकमा अहिले ढलान भइरहेको छ ।

जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा सदरमुकामसमेत रहेको दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।

निर्माणाधीन अवस्थामा रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पाइप दिक्तेल बजारको सडक ढलान हुनुअघि जडान गर्दा नै ठेकेदार कम्पनीले कमजोरी गरेको उपभोक्ताको आरोप थियो । पुरानो खानेपानी आयोजनाको पाइप हटाइ सकिएकाले दिक्तेल बजारका कतिपय ठाउँमा अहिले पानी पुग्दैन ।

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको थियो । ती धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँबाट पानी ल्याएर उपभोग गर्न बाध्य छन् ।

लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बजारवासीलाई मध्यनजर गरेर रु २२ करोड ५५ लाख ५८ हजारको लागतमा खानेपानी आयोजना सञ्चालन गरिएको उपभोक्ता समितिले जनाएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहेको उक्त आयोजनाबाट दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घरका बासिन्दालाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ आयोजनाको काम सुरु गर्दै आएको हो ।

निर्माणाधीन खानेपानी आयोजना परीक्षणका क्रममा रहेको र चाँडै उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ । निर्माणाधीन आयोजना सञ्चालन भएपछि मिटरमार्फत उपभोक्ताको घरमा चौबीसै घण्टा खानेपानी उपलब्ध हुने उपभोक्ता समितिले जनाएको छ ।

एक लाख ४४ हजार ४७४ मतदाता

आगामी वैशाख ३० गते देशभर एकैसाथ हुने भनिएको स्थानीय तहको निर्वाचनमा खोटाङका एक लाख ४४ हजार ४७४ जनाले मतदान गर्न पाउने भएका छन् । विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एक लाख २५ हजार १७८ मात्र मतदाता थिए ।

त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानबाट १९ हजार २९६ नयाँ मतदाता थपिएका हुन् । जिल्लाका कूल मतदातामध्ये पुरुष ७५ हजार ४७८ र महिला ६९ हजार २६ रहेको जिल्ला निर्वाचनका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म अहिलेको तथ्याङ्कमा केही घटबढ हुनसक्ने उक्त कार्यालयले जनाएको छ । यस्तै यो वर्षको साउनयता जिल्ला बाहिरका २४५ पुरुष र २७८ महिला गरी ५२३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका थिए ।

उक्त कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ५९९ र सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ५९३ मतदाता छन् । हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ८५०, खोटेहाङमा १५ हजार ३४३, दिप्रुङ चुइचुम्मामा १३ हजार ६४७, ऐसेलुखर्कमा ११ हजार ४४१, केपिलासढीमा १० हजार ८५५, जन्तेढुङ्गामा १० हजार २३८, रावाबेँसीमा नौ हजार ५६३ र बराहपोखरी गाउँपालिकामा नौ हजार ३४५ मतदाता छन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लाका अधिकांश स्थानीय बासिन्दा फोटोसहितको मतदाता नामावली सङ्कलनमा जुटेका थिए । जिल्लास्थित कतिपय राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरोकारवाला निकायलगायतले पनि फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन जिल्लावासीलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij