• Saturday 25th of July 2026

पुर्व प्रधानमन्त्री केपी ओलीलाई एसियाकै ठुलो स्काउटको अवार्ड


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज स्काउटको एसिया प्रशान्त क्षेत्रमा प्रदान गरिने सबैभन्दा ठूलो अवार्ड प्राप्त भएको छ । एक भर्चुअल कार्यक्रम मार्फत पुर्व प्रधानमन्त्री रहेका ओलीलाई स्काउट क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको  मुल्यांकन गर्दै सो अवार्ड प्रदान गरिएको हो । आज एक कार्यक्रममा सो अवार्ड प्रदान गरिएको नेपाल स्काउटका प्रमुख लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए । अवर्डको नाम “APR MEDAL OF MERITORIOUS” CONTRIBUTION TO SCOUTING रहेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले आशाका किरणलाई बताए । केपी ओली प्रधानमन्त्री भएकै बेलामा २०-२५ जिल्लामा सिमित नेपाल स्काउटको संगठन ७५३ स्थानिय तह र ७ प्रदेशमा लोक बहादुर भण्डारीले विस्तार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij