• Saturday 25th of July 2026

इलामको सुकिलुम्बा विमानस्थलमा ताराको व्यावसायिक उडान सुरु


  • आशाका किरण
;'sLn'Daf ljdfg:ynaf6 Joj;flos p8fg ;'? dªunaf/], !! kmfu'g M Onfddf lgdf{0f ePsf] ;'sLn'Daf ljdfg:ynaf6 Joj;flos p8fg ;'? . Onfd gu/kflnsfsf] kxndf tf/f Po/n] p8fg ;'? u/]sf] xf] . xKtfsf] b'O{ lbg cfOtaf/ / laxLaf/ p8fg x'g] hgfOPsf] 5 . tl:a/M 6Lsf vltj8f÷/f;;

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको टोली उडानमा सहभागी थियो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि विस २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो ।

तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उक्त एयरले काठमाडौँ इलामका लागि रु आठ हजार ७०० भाडादर कायम गरेको छ । उडानको समय भने एक घण्टा लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij