• Tuesday 8th of September 2026

तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’


  • आशाका किरण
hGtL 9'Ëf t'n;Lk'/, !* kmfu'g M bfªsf] t'n;Lk'/ pkdxfgu/kflnsf– !# l:yt emfFqmL 9'Ëf ;fd'bflos jg If]qdf /x]sf hGtL 9'Ëfx? . ToxfF s'g} ;do hGtL cf]nflKkPsf] eGg] lsDabGtL /x]sf] 5 . lxhf]cfh tL 9'Ëfdf l6s6s agfpg]sf] eL8 x'G5 . t:jL/ M bLks af]x/f÷/f;;

कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ ।

कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ । “हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौँ भनेर बूढापाकाले भन्नुहुन्थ्यो”, स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भन्नुभयो, “त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौँ ।”,

त्यहाँ दुलही ल्याउन गएका जन्ती विश्राम गरेको र त्यही क्रममा बिहान भएपछि जन्तीहरूलाई कहाँ जाऊँ र के गरुँ भएपछि त्यही बिलाए भन्ने छ । यो कुरा अहिलेसम्म कहीँ पनि खुलेको छैन । यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ वर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीयवासी जागेश्वर वलीले बताउनुभयो । “यहाँको प्रचार–प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले प्रत्येक वर्ष शिवरात्रिमा मेला लगाउँर्छौँै ।”

तुलसीपुरको १३ र १४ को सिमानाअन्तर्गत झाँक्री ढुङ्गा सामुदायिक वनको डाँडामा त्यस्ता ढुङ्गा छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ । यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीयवासी मोहन पौडेलको भनाइ छ । “सडक लगभग बनेको छ, अब यो सडकलाई अलिकति व्यवस्थित बनाउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “त्यत्ति गर्न सकिएमा यहाँ पर्यटकको घुइँचो लाग्छ ।” भ्यूटावर निर्माण गर्न सके दाङसहित छिमेकी जिल्लाका भू–भाग अवलोकन गर्न सकिन्छ ।

त्यस क्षेत्रमा पानीको समस्या छ । अहिले त्यहाँ हुमबहादुर वलीको अध्यक्षतामा जन्तीढुङ्गा संंंरक्षण समिति गठन गरिएको छ । समितिले जन्ती ढुङ्गाको संरक्षण गर्छ । अहिले सो स्थानमा दुई साधु बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij