• Saturday 25th of July 2026

माडीमा आगलागी हुँदा ६० लाखको क्षति


  • आशाका किरण

चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम तथा अन्य भाँडावर्तन जलेर नष्ट भएको छ ।

यस्तै फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० तथा झण्डै एक हजार चल्ला नष्ट भएको उहाँले जानकारी दिनुभयो । बिहान ४ः३० बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij