• Friday 24th of July 2026

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा


  • आशाका किरण
d]nDrL, !&, r}t M vfg]kfgLdGqL pdfsfGt rf}w/L x]nDa' ufpFkflnsf –!, tfs]{£ofªsf] 8'Skf8'ª u'Dafdf laxLaf/ Ifdf k"hf ub}{ . ca af9L, klx/fn] b'Mv glbof]; egL Ifdf k"hf ul/Psf] xf] . dGqL rf}w/L cfh} af9Ln] Iflt k'¥ofPsf] cDafyfg cl86 afFw:ynsf] 8ofd;fO6 k'uL vfg]kfgL d]nDrL k'¥ofpg eO/x]sf] sfdsf] cg'udg ug{' x'g] sfo{qmd 5 . tl:a/M b]j/fh ;'j]bL÷/f;;

खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ ।

उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो ।

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।

मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पु¥याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो ।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ ।

उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij