• Thursday 29th of October 2026

छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने


  • आशाका किरण
lwd] afhf ahfpFb} afnaflnsf bdf}nL, !@ df3 M tgx'Fsf] eLdfb gu/kflnsfdf cfof]lht sfo{qmddf lwd] afhf ahfpFb} afnaflnsf . g]jf/ ;d'bfosf] df}lns afhfsf] ;+/If0fsf nflu oxfFsf g]jf/ ;d'bfo nfluk/]sf 5g . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यही चैत २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो ।

प्रतियोगितामा उपत्यकाका ३५ देखि ४० धिमे खलः तथा पुचः को सहभागिता रहने जनाउँदै उहाँले एउटा खलः तथा पुचःबाट बढीमा दुई टोलीसम्मले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको बताउनुभयो ।

एउटा टोलीमा धिमे दुई, भुस्या दुई र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँचजना वाद्यवादकको सहभागिता रहने प्रतियोगितामा प्रतिस्पर्धीलाई पाँच मिनेटको समय दिइने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा ओस्ला नेपालका उपाध्यक्ष एवं संयोजक सुशील जोशीले प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजारसहित प्रथम, दोस्रो र तेस्रो हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र तथा दुई टोलीलाई सान्त्वना पुरस्कारस्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

ओस्लाका सचिव रोशन बज्राचार्यले प्रतियोगिताका साथै लोपोन्मुख अवस्थामा पुगेको हरेक जात्रा एवं पर्वमा बजाउनै पर्ने नायोखिं बाजा प्रशिक्षणसमेत सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै यहाँको मूर्त तथा अमूर्ल कला, संस्कृतिको संरक्षण गर्ने, बाजाको संरक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो । नायखिँ बाजा निश्चित एक जापिले मात्रै बजाउने परम्परा हुँदा बाजा र परम्परा नै लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले यो बाजा र परम्पराको संरक्षणका लागि अरू जाति र विविधता ल्याएर बाजाको प्रशिक्षण गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij