• Friday 11th of September 2026

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी


  • आशाका किरण
Dftbfg s]Gb|tkm{ hfb} DofbL k|x/L DofUbL, @& j}zfv -/f;;_ M DofUbLsf] a]gLdf d+unaf/ laxfg dtbfg s]Gb|tkm{ hfb} u/]sf DofbL k|x/L . DofUbLsf dtbfg s]Gb|df ;'/IffsdL{ / sd{rf/L k'Ug yfn]sf 5g . tl:j/ ;Gtf]if uf}td÷/f;;

आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन् । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी कर्मचारी खटाइएकामा उनीहरु आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई आवश्यक चुनाबी सामग्री विभिन्न मतदान केन्द्रमा खटाइएको हो ।
यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ ।

हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij