• Friday 11th of September 2026

त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली


  • आशाका किरण

काठमाडौँ–निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा अवरुद्ध भएको मतदानबारे स्थलगत अध्ययन गरी मुख्य निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा ती सदस्यीय उच्चस्तरीय टोली गठन गरेको छ । सो टोली हाल स्थलगत अध्ययनका क्रममा रहेको छ ।

आयोगको जेठ ५ गतेको निर्णयानुसार टोलीले स्थलगतरूपमा अध्ययन गरी आयोगका तर्फबाट अधिकार प्रयोग गरी आवश्यक निर्देशन दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गत वैशाख ३० गते सञ्चालन भएको उक्त वडाको जनप्रेमी आधारभूत विद्यालय (पुरानो गाईघाट) मतदान केन्द्रमा सञ्चालन भएको मतदान कार्यक्रम अवरुद्ध भएको थियो ।

आयोगले बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न आयुक्त सगुनशमशेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij