• Friday 24th of July 2026

एक करोड लगानीमा बाख्रापालन


  • आशाका किरण
af]o/ hftsf] afv|fkfng DofUbL, @) h]7 M DofUbLsf] a]gL gu/kflnsf–# elsDnL 8fF8fvfgLsf] >L; kz'kfng tyf s[lif kmfd{df ul/Psf] af]o/ hftsf] afv|fkfng . 8fF8fvfgLsf wgaxfb'/ >L;n] ljb]zaf6 kms]{kl5 ;~rfng u/]sf] of] kmfd{df &) j6f af]o/ hftsf afv|f 5g . tl:a/ M ;Gtf]if uf}td÷/f;;

गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।

हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिनुभयो । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij