• Tuesday 8th of September 2026

घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन


  • आशाका किरण
!= ?kGb]xLsf] /f]lx0fL k'naf6 hgsk'/af6 e}/xjf cfpb} u/]sf] a; b'3{6gf x'bf ( hgfsf] d[To' ePsf] 5 . xfn @# hgfsf] e}/xjfsf] d]l8sn / eLd c:ktfndf pkrf/ z'? ePsf] 5 .n' @ v #*$! gDa/sf] a; b'3{6gf ePsf] xf] . t:jL/M g/]z s]=;L, l;4fy{gu/, /f;; .

गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दाे उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नंको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत भएका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा छन् । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij