• Tuesday 8th of September 2026

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले


  • आशाका किरण
sf7df8f}F, @$ h]7 M k'gMlgdf{0f x'g] ljZj?k dlGb/ tyf ;Qn lznfGof; sfo{qmd ljZj ;Dkbf ;"rLdf ;"lrs[t kz'klt If]qsf] ljZj?k dlGb/ tyf ;Qnsf] k'gMlgdf{0fsf] z'ef/De Pj+ lznfGof; ;df/f]xdf dGtJo JoQm ub}{ ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] . lj;+ @)&@ j}zfv !@ sf] e"sDkn] dlGb/ elTsPsf] lyof] . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ ।
भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उहाँले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाउनुभयोे । मन्त्री आलेले भन्नुभयो, “सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।”

उहाँले राणा प्रधानमन्त्री जङगबहादुरका पालमा निर्माण भएको विश्वरुपा मन्दिर विसं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनःनिर्माण हुने बताउनुभयो । अरुभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनःनिर्माण भए यहाँ थुप्रै धार्मिक पर्यटकहरु भित्रिने हुँदा चाँडो निर्माण गर्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “चार धाममध्ये पशुपतिनाथ एक धाम हो, त्यसैमा अझ विश्वरुपा मन्दिर पुनःनिर्माण भए भक्तजन तथा पर्यटकहरु थप भित्रिने छन् ।”

रु ४५ करोडको लागतमा निर्माण हुन लागेको ऐतिहासिक उक्त मन्दिर आगामी दुई वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने ठेक्का संझौतामा उल्लेख छ

फरक प्रसङ्गमा मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गरी छिटै तातो र चिसोपानीको व्यवस्था गरिने जानकारी दिँदै उहाँले मन्दिर क्षेत्रमा रहेको पानी शुद्ध पारी पिउन र नुहाउन मिल्ने खालको बनाउन कोषका पदाधिकारीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij