• Friday 11th of September 2026

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला


  • आशाका किरण
jiff{n] efl;Psf] ;8s bdf}nL, @& h]7 M k[YjL/fhdfu{ cGtu{t tgx'Fsf] cfFa'v}/]gL ufpFkflnsf–$, ;fFv/l:yt 8ofd glhs jiff{sf sf/0f z'qmaf/ laxfg efl;Psf] ;8s . ;8s efl;Pkl5 k[YjL/fhdfu{ k"0f{ ?kdf cj?4 ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।” गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij