• Tuesday 8th of September 2026

ढुम्वा तालमा पर्यटकीय पूर्वाधार निर्माण


  • आशाका किरण
9'Djf tfn kl/;/df k}bndfu{ d':tfª, # c;f/ M d':tfªsf] 3/kemf]ª ufpFkflnsfsf] 9'Djf tfn kl/;/df lgdf{0f ePsf] /]lnª;lxtsf] k}bndfu{ . e"–tyf hnfwf/ ;+/If0f sfof{no kj{tn] *% ld6/ k}bndfu{ / klx/f] /f]syfdsf nflu $) yfg Uoflj|og hfnL e/]/ kvf{n agfPsf] 5 . tl:a/ M ;Gtf]if uf}td÷/f;;

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको ढुम्वा तालमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । भू तथा जलाधार संरक्षण कार्यालयको अनुदान सहयोगमा उपभोक्ता समितिमार्फत रु २५ लाखको लागतमा नयाँ पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास भएको ढुम्वा ताल परिसरमा पैदलमार्ग, विश्रामस्थल, घेरावार निर्माण गरिएको कार्यालयका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालको कुनातर्फ हिँड्डुल गर्न रेलिङ सहितको ८५ मिटर पक्की पदमार्ग निर्माण गरिएको र पदमार्गबाट ताल अवलोकन गर्दै वरपर घुम्न सकिन्छ । यसैगरी ताल नजिकै पहिरो नियन्त्रण गर्न ३५ मिटर दूरीमा ४० थान ग्यावियन जाली भरेर पर्खाल निर्माण गरिएको छ । ताल परिसरमा पर्यटकका लागि विश्राम गरेर दृश्यावलोकन गर्न बेन्च राखिएको छ ।

पानी परेको र हिउँ परेको अवस्थामा आश्रय लिनका लागि दुईवटा प्रतीक्षालय, प्रवेशद्वार र ताल संरक्षण गर्न तारजालीले घेरावार लगाइनाका साथै सार्वजनिक शौचालय निर्माण र ताल परिसरमा रेष्टुरेन्ट सञ्चालन गरिएको छ । ढुम्वा ताल पछिल्लो समयमा पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दै गरेको छ । मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शन गर्न आउने प्रायः पर्यटकहरू ढुम्वा तालको दर्शन गर्न पुग्ने गरेका छन् । जोमसोमदेखि पाँच किलोमिटर पूर्वमा ढुम्वा ताल अवस्थित छ । नेपाली चलचित्र र गीतको म्युजिक भिडियोमा समेत ढुम्वा तालको मनोरम दृश्य छायाङ्कन हुँदै आएको छ ।

समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको ढुम्वा तालको लम्बाइ १५० मिटर र चौडाइ १०० मिटर छ । कालीगण्डकी करिडोरअन्तर्गत पूर्वकोे नीलगिरि र पश्चिमको धौलागिरि हिमाल यस स्थानबाट देखिने स्थानीयवासी अनिल थकालीले बताउनुभयो । नीलगिरि हिमाल जस्तै स्वच्छ नीलो रङमा देखिने यो ताल हेर्न आउने पर्यटकको चहलपहल बढ्दै आएको उहाँको भनाइ थियो । जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्वाताल पुग्न सकिन्छ । पर्यटकीय गन्तव्यको सम्भावना रहेको उक्त तालसम्म पुग्ने सडक गण्डकी प्रदेश सरकारमार्फत स्तरोन्नतिको क्रममा छ । ढुम्वा ताल अवलोकनका लागि घरपझोङ गाउँपालिकालाई प्रतिव्यक्ति रु १५ प्रवेश शुल्क बुझाउनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij