• Friday 11th of September 2026

विपद्बाट यस वर्ष ७३ को मृत्यु


  • आशाका किरण
af9Ln] cj?å 8'd|]–a];Lzx/ ;8s tgx''F, % c;f/ M jiff{bkl5 cfOtaf/ laxfg cfPsf] af9Ln] tgx'Fsf] efg' gu/kflnsf–*,s'8'n]kmfF6 glhs vf]nfdf /flvPsf] tLg j6f Xo'dkfOk aufP/kl5 Iflt ePsf] 8'd|]–a]zL;x/ ;8sv08 . tl:a/M ;fg]axfb'/ g]kfnL÷/f;;

विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ ।

गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको यकीन विवरण आइसकेको छैन । प्रकोप पूर्वतयारी सञ्जाल ९डिपिनेट०ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणालीमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका पूर्वउपकूलपति प्रा डा जीवराज पोखरेलले केही वर्षयता प्राकृतिक विपद्का घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न मौलिक प्रविधिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सहर बस्ती बसाउँदा सँगसँगै पोखरी बनाउनुपर्छ भन्ने कौटिल्यको सिद्धान्तलाई आत्मसात् गर्न सकिएमा बाढीपहिरो, आगलागीका घटना न्यून हुनुका साथै जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

मौसमविद् एवं डिपिनेटका प्राविधिक सल्लाहकार डा धरमराज उप्रेतीले मौसमको पूर्वसूचना अहिले पनि भारतको मौसम विभागबाट लिनुपर्ने अवस्था रहेको भए पनि तत्कालको भविष्यवाणी भने नेपालको जल तथा मौसम विज्ञान विभागको भरपर्दो रहेको उल्लेख गर्नुभयो । मौसमविद् उप्रेतीले भन्नुभयो, ‘‘विगतका वर्षको तुलनामा यस वर्ष मनसुनको चाप बढी रहेकाले यसले बाढी, पहिरो, कटान, डुबानजस्ता क्षति विपद् ल्याउने हुँदा त्यसबाट सुरक्षित रहन पूर्वतयारीदेखि पूर्वसूचना प्रणालीलाई समुदायस्तरसम्म पु¥याउन जरुरी छ ।” उहाँले विपद्सम्बन्धी ज्ञान, प्रभावकारी अनुगमन, चुस्त सञ्चार प्रणाली र समुदायको क्षमताको विकास नभएसम्म विपद् जोखिम न्यूनीकरण गर्न कठिनाइ हुने बताउनुभयो ।

पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले प्राकृतिक विपद्का कारण अकालमै ज्यान जाने, अङ्गभङ्ग हुने र भौतिक सम्पत्ति क्षति हुने अवस्थालाई समयमै रोक्न सकिएमा त्यो महापूण्य कार्य हुने भएकाले यसमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पूर्वतयारीमा एक डलर लगानी गरिएमा त्यसबाट राहत, पुनःस्थापनामा झण्डै सात डलर बराबर बचत हुने उल्लेख गर्दै विज्ञानमा आधारित जोखिम संवेदनशीलतालाई सबैले मनन गरी मौसमको पूर्वसूचना प्रणालीलाई समुदायस्तरमा पु¥याउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त, अधिकारसम्पन्न र साधनस्रोत सम्पन्न नबनाएसम्म विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको प्रधानमन्त्रीको अध्यक्षतामा गठित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्यसमेत रहनुभएका डा तुलाधरको भनाइ छ ।

डिपिनेटका कार्यवाहक अध्यक्ष डा राजु थापाले प्राकृतिक विपद्का दृष्टिले नेपाल विश्वमै उच्च जोखिमपूर्ण अवस्थामा रहेकाले यसबाट हुने क्षति न्यून गर्न राजनीतिक नेतृत्वदेखि समुदायस्तरसम्म प्रभावकारी सूचना सम्प्रेषणमा जोड दिन आवश्यक रहेकाले यसमा सञ्चारकर्मीको भूमिकालाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij