• Friday 11th of September 2026

राससलाई निष्पक्ष समाचार संस्थाको रुपमा थप विकसित गर्छु : कार्यकारी अध्यक्ष झा


  • आशाका किरण
/f;;sf gjlgo'Qm cWoIf emf sf7df8f}F, !@ c;f/M /fli6«o ;dfrf/ ;ldltsf gjlgo'Qm sfo{sf/L cWoIf wd]{Gb| emf cfOtaf/ s]Gb|Lo sfof{nodf kb jxfnLkl5 dGtJo JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रुपमा थप विकसित गरिने जानकारी दिनुभएको छ ।

आज बिहान भद्रपुरस्थित रासस झापा कार्यालयको निरीक्षण गर्दै उहाँले रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको हुँदा यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजबाहक बन्नुपर्छ भन्नुभयो ।

“म अहिले राससको अवस्था र सम्भावनाका बारेमा अध्ययन गरिरहेको छु, केही कोणबाट रासस निष्पक्ष भएन भन्ने आरोप आउने गरेको सुनिरहेको छु”, उहाँले भन्नुभयो, “राष्ट्रको प्रतिष्ठा जोडिएको संस्था भएकाले राससकर्मीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष र साझा बनेर काम गर्नुपर्दछ ।”

राससको समाचार अझ बढी विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने जनाउँदै उहाँले राससको ग्राहक र पाठक वृद्धिका लागि कार्ययोजना ल्याइने बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत लोकराज भट्ट, महासङ्घ झापाका पूर्वअध्यक्षद्वय गोविन्द्रचन्द क्षेत्री र मोहन काजी, महासङ्घका केन्द्रीय पार्षद ज्ञानेन्द्र निरौलाले समेत रासस कार्यालयको निरीक्षण गर्नुभयो ।

रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले उक्त अवसरमा राससको स्थानीय अवस्था, अवसर र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij