• Friday 11th of September 2026

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु


  • आशाका किरण

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताउनुभयो ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij