• Tuesday 8th of September 2026

सैँतीस जनाको परिवारको एउटै भान्सा


  • आशाका किरण

एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार वीरलै देख्न पाइन्छ । धेरै दाजुभाइमात्र होइन । एउटै परिवारका दाजुभाइ पनि छुटिएर एकल परिवार बनाएर बसेका छन् । तर, बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाहा गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ ।

सबैजना घरमा जुट्ँदा घरमा रौनक थपिन्छ । बिहे अनि चाडपर्वको माहोल बन्छ । कहिलेकाहीँ पाहुना आए पनि घरमा अटाउन मुस्किल पर्छ । उक्त परिवारमा आमासहित छ भाइको संयुक्त परिवारमा पत्नी छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका छन् ।

केटाकेटीदेखि किशोर वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन् । सबैको आ–आफ्नो कोठा नभए पनि घरको वरिपरि छतमा समेत उनीहरु सुत्ने गर्छन् । एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ । “बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछाँ”, साइला छोरा समसुल खाले भन्नुभयो, “एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाँै ठूलो परिवारमा बस्ने बानी प¥यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ ।”

“सबैले आआफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ”, “परिवारका साइला छोरा समसुल खाले भन्नुभयो, “खर्च, वचत दुवै संयुक्तरुपमा गरेका छौँ ।” भान्सादेखि घरको सरसफाइ छ बुहारीको हातमा हुन्छ । पालैपालो आफ्नो पालोमा उनीहरुले खाना पकाउँछन् ।

घरकी साइली बुहारी चन्दा बेबीले पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव नहुने गरेको बताउनुभयो ।

यो परिवारलाई एउटै डोरीमा बाध्ने मुखिया आमा जमुर्ता खा हुनुहुन्छ । ८२ वर्षीया जमुर्ता खा सबै छोरासँगै बसेको देखेर आफैँ दङ्ग हुन्नुहुन्छ । जमुर्ता अझै टाठी हुनुहुन्छ । घरको बागडोर उहाँको हातमा छ, “छोरा नाति सबै आफ्नै अगाडि देख्दा बडो आनन्द आउँछ जमुर्ताले भन्नुहुन्छ”, “मान्छे एक दिन मरेर जान्छ बाचुञ्जेल हासीखुसी बाँच्ने हो ।” बाँकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकामा छवटा वडा छन् । अधिकांश वडामा मुस्लिम समुदायको बाहुल्यता छ ।

नरैनापुर गाउँमा अधिकांश परिवार संयुक्तरुपमा बस्दै आए पनि विस्तारै छोराहरु एक्लिएर बस्न थालेका छन् । “पहिला पहिला ५०÷६० को एउटै परिवार हुन्थ्याँै अहिले विस्तारै छुटिएर एकल परिवारमा बस्न थालेका छन्”, नरैनापुरका स्थानीय जीयावन तमौलीले भन्नुभयो, “संयुक्त परिवार सङ्ख्याको हिसाबले मात्र ठूला हुनु होइन भावना प्रेम सर्मपण हिसाबले बलियो हुनु हो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij