• Saturday 25th of July 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


  • आशाका किरण

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरापालिका–१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से६प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टीएको थियो । उनको टाउको र अनुहारमा चोट लागेको थियो । ओझाको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij