• Friday 24th of July 2026

म सांसद निर्वाचित भएँ भने खुल्ला सिमानामा काँडे तारजाली लगाउन पहल गर्छु : दिनेश खनाल


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । सामाजिक अभियानता एवम् काठमाडौं क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार दिनेश खनाल मंसिर ४ गते हुने निर्वाचनमा आफू निर्वाचित भए पहिलो काम खुल्ला सिमानामा तार जाली लगाउने नीति बनाउन वकालत गर्न लाग्ने बताएका छन् । आज आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै खुकुरी क्रस चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका खनालले सो कुरा बताएका हुन् ।

१५ वर्ष मित्र राष्ट्र चीनमा बसेर अध्यन र व्यवसाय संचालन गरेर देशको मायाले स्वदेश फर्केका दिनेश खनालले देशमा विद्यमान ऐन कानुनले गर्दा देशमा विकृति र विसंगति मौलाएकोले योग्य र सक्षम व्यक्ती सदनमा हुँदा देशमा पक्कै परिवर्तन आउने बताए ।

काठमाडौं निर्वाचन क्षेत्र ३ मा २३ जना उम्मेदवार रहेतापनी आफ्नो प्रमुख प्रतिस्पर्धा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पुर्व प्रतिनिधि सभा सदस्य कृष्ण राई र नेपाली काँग्रेसका नेता एवम् गोकर्णेश्वर नगरपालिकाका पुर्व मेयर सन्तोष चालिसेसंग रहेको बताउनु भयो ।

हेर्नुस् आशाका किरण मिडियाकालागी आशाका किरणका प्रधान सम्पादक सुदर्शन बजगाईले चीन मामिला विज्ञ दिनेश खनालसंग गरिएको भिडिओ कुराकानीको संपादित अंश :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij