• Thursday 10th of September 2026

एक हजारलाई रोजगार दिइने


  • आशाका किरण

मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने भएको छ ।

कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित फलफूल तथा कृषि थोक बजारमा मङ्सिर १२ गते आयोजना हुने एकदिने ‘रोजगार मेला’मार्फत् रोजगार लगाइने भएको छ ।

गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी बसेको युवाहरुलाई रोजगार उपलब्ध गराउन मेलाको आयोजना गरिएको बताउनुभयो ।

उद्योगलाई आवश्यक पर्ने जनशक्तिलाई चाहिने सीप एवं तालिमसमेत पालिकाले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । स्वदेशी दक्ष जनशक्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य छ ।

महासङघमा आबद्ध मोरङ, सुनसरी र झापाका १५ उद्योगीहरुले आवश्यक जनशक्तिका सम्बन्धमा १० वटा स्टलमार्फत् जानकारी गराउनेछन् । मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ । पालिकामा हाल ठूला र मध्यमस्तरका ६५ उद्योग दर्ता रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij