• Wednesday 9th of September 2026

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो


  • आशाका किरण

कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो ।

“सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापर्वाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्”, उहाँले भन्नुभयो, “मापसे गरेर गाडी चलाउने गर्दा सडकमा हुने दुर्घटनाका घटना बढ्दै छन् ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई वर्षमा कञ्चनपुरमा एक सय ९० वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सवारी दुर्घटना भएका थिए । चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन् ।

सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र आव २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो । चालु आवमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । आव २०७७/७८ यता दुई सय २२ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij