• Wednesday 9th of September 2026

गाँजासहित चार पक्राउ


  • आशाका किरण

प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेको प्रहरीले जनाएको छ ।

जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शङ्का लागेर आज बिहान जाँच गर्ने क्रममा २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij