• Wednesday 9th of September 2026

प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग


  • आशाका किरण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ ।

बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सो समयमा सांसदहरुले ‘लम्कीस्किन’ रोगबाट पशु चौपाया मर्न थालेको, मेलम्ची खानेपानी आयोजनाको मर्मत नभएको, सडक खाल्टाखुल्टी परेको तथा खानेपानी, शिक्षा र खानेपानीको प्रबन्ध नगरिएको र विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्ने तर्फ ध्यान नपुगेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

शून्य समयमा सांसदहरु विमला सुवेदी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मनबहादुर गुरुङ, मनिष झा, महेन्द्रबहादुर शाही, महेश बर्ताैला, महेश बस्नेत, माधव सापकोटा, मीना यादव, मीना तामाङ,मञ्जु शर्मा अन्सारी, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, रामकुमार राई, रामनाथ अधिकारी, रामशङ्कर यादव, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा जोशी चौधरी, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाललगायतले भाग लिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij