• Wednesday 9th of September 2026

कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति


  • आशाका किरण

धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताउनुभयो ।

स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा रू एक करोड बढीको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताउनुभयो । उहाँले समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij