• Friday 24th of July 2026

भन्सार राजस्व असुलीमा कमी


  • आशाका किरण

गोदावरी (कैलाली), १७ कात्तिक : कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

यो आर्थिक वर्षमा राजस्व असुली लक्ष्यमा पुग्न सक्ने सम्भावना कम रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिनुभयो । कार्यालयले चालु आवमा रू ११ अर्ब ५८ करोड २५ लाख ७० हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा रू एक अर्ब ६१ करोड ९० लाख २५ हजार मात्रै असुली भएको उहाँले जानकारी दिनुभयो ।

हमालका अनुसार आव २०७७/७८ मा रू आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजस्व असुलीको लक्ष्य लिएकामा रू आठ अर्ब ८४ करोड १४ लाख २८ हजार, आव २०७८/७९ मा रू ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार लक्ष्य लिएकामा रू नौ अर्ब ५८ करोड २६ लाख ५० हजार असुली गरेको थियो ।

गत आवमा रू १२ अर्ब ३० करोडको राजस्व असुली गर्ने लक्ष्य लिइएकामा रू आठ अर्ब २९ करोड मात्रै असुली भएको भन्सार अधिकृत हमालले जानकारी दिनुभयो । साउन अन्तिम सातादेखि क्वारेन्टाइन बन्द भएपछि कैलालीमा अघिल्लो आवको तुलनामा यो वर्ष भन्सार राजस्व असुलीमा कमी आउने उहाँले बताउनुभयो ।

भन्सार प्रमुख हमालले फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तु क्वारेन्टाइन नहुँदा आयात ठप्प भएको बताउँदै क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij