• Friday 24th of July 2026

लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बेला आयो:डा.बाबुराम भट्टराई


  • आशाका किरण

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रको विकल्पमा निरङ्कुशवादी शक्ति र राजतन्त्रवादी शक्तिहरुहरु आउन नसक्ने भएपनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताउनुभएको हो

। संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै उहाले अब यसलाई संशोधन गरेर जानुपर्ने बताउनुभयो ।

भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्षकार्यकारी राष्ट्रपति, मुख्यमन्त्री र संघ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताउनुभयो ।

नदीको प्रवाह कहिले पनि पछाडि नफर्किएजस्तै एक पटक विधिवत रुपमा विदा भइसकेको राजतन्त्र पुनस्र्थापना हुन नसक्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij