• Friday 24th of July 2026

पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने माधव कुमार नेपालको चेतावनी


  • आशाका किरण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको छ ।

पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र बसेर पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको हो ।

पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन समेत दिनुभयो । उहाले पार्टीभित्रको असन्तुष्टिलाई पार्टीभित्रै राख्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र अनुशासनहीनतालाई छुट दिन नसकिने उहाको भनाइ छ ।

अध्यक्ष नेपालले कसैको लेखाइमा पार्टीमाथि आँच पुर्‍याउने र पार्टी नेतृत्वलाई गर्नेलाई सहेर बस्न नसकिने जिकिर गर्नुभयो ।

त्यस्तै उहाले लिपुलेक क्षेत्रका व्यापारिक सम्बन्ध विस्तार गर्ने भारत–चीन बिपरितको सहमति स्वीकार्य नरहेको भन्दै सरकारले कुटनीतिक तवरबाट आफ्‌नो स्पष्ट धारणा राख्न सक्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij