नेकपा माओवादी केन्द्रले उखु किसानका जायज मागलाई यथाशिघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार काठमाडौंको माइतिघरमा पुगेर उखु किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानको मागप्रति माओवादीको समर्थन रहेको भन्दै यथाशिघ्र माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उखु किसानले भुक्तानीका लागि पटक पटक संघर्ष गर्नुपर्ने स्थीतिको अन्त्य हुनुपर्ने उहाले बताउनुभयो । श्रेष्ठले उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी प्रक्रिया सुरु गर्नुपर्ने र न्यूनतम मूल्य समेत बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । उखु किसानको आन्दोलनलाई सफल पार्न माओवादीको सम्पूर्ण साथ र समर्थन रहने उहाको भनाइ छ ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगाएतले गत आर्थिक बर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
