• Thursday 27th of August 2026

विपद्को घडीमा ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन हर्क साम्पाङको अपील


  • आशाका किरण

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपील गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश “एक टिम, एक राष्ट्र“ बनेर एकजुट हुन अपील गर्नुभएको छ । उहाले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्वसूचना तथा आधिकारिक जानकारी आदानप्रदान अत्यन्त संवेदनशील र अनिवार्य रहेको धारणा राख्नुभयो । जमिन चिरा परेको र थप पहिरोको जोखिम हुन सक्ने भएकाले उद्धारमा खटिने टोली स्वयं पनि उच्च सतर्क र सजग हुनुपर्ने उहाले सुझाव दिनुभयो ।

साथै उहाले सामाजिक सञ्जाल र एआई निर्मित भ्रामक सामग्रीहरू आधिकारिक हुन नसक्ने भएकाले तथ्यपरक सूचनामा मात्र भर पर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij