• Thursday 27th of August 2026

बाढी प्रभावितको उद्धार नै पहिलो प्राथमिकता: गृहमन्त्री सुधन गुरुङ


  • आशाका किरण

सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गर्नुभयो । उहाले अहिले कुनै पनि हेलिकप्टरहरु निजि प्रयोजनका लागि चलाउन नपाउने स्पष्ट पार्नुभयो । आफुहरुको पहिलो प्राथमिकता उद्दार भएको उहाले बताउनुभएको छ ।

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij