नेपाली काङ्ग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम् उपयोग गरि विपदमा नागरिकको जीवन रक्षा गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बेपत्ता नागरिकहरूको शीघ्रातिशीघ्र खोज कार्य गर्न, घाइतेहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउनका साथै विपद प्रभावित क्षेत्रका मानिसहरको अस्थायी बसोबासको बन्दोवस्त गर्न सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम् उपयोग गरि विपदमा नागरिकको जीवन रक्षा गर्न गम्भिर ध्यानाकर्षण गराएको हो । बैठकमा काङ्ग्रेस सभापति गगन थापाले राहत सामग्री जथाभावी ढङ्गले बाँड्दा असहयोग हुने जोखिम रहने भएकाले स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र वितरण गर्नुपर्ने बताउनुभयो ।
पार्टीका सांसद मोहन आचार्यको नेतृत्वमा समिति र मानबहादुर थापा सदस्यसचिव रहने गरी पार्टी कार्यालयमै सूचना सङ्कलन तथा राहत समन्वयका लागि तत्काल ’डेस्क’ स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीका सांसद, केन्द्रीय सदस्य, स्थानीय तहका जनप्रतिनिधि र साथीहरूको योगदानबाट पार्टीको विपद् कोषमार्फत राहतका लागि आवश्यक स्रोत परिचालन गरिने बताउनुभयो ।
साथै बैठकले सम्पूर्ण राजनीतिक दल, सरकार, सङ्घसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारलाई सबै कुरा थाती राखेर उद्धार र राहतमा जुट्न आग्रह गरिएको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । प्रभावित क्षेत्रका सांसदहरू, विपद् विज्ञहरू, पार्टी सभापतिहरू, स्थानीय संरचना र भाती संस्थाका प्रतिनिधिहरूलाई तटीय तथा पीडित क्षेत्रमा खटिएर आवश्यक सहयोग पु¥याउन निर्देशन दिएको उहाँले बताउनुभयो ।
बैठकले राष्ट्रिय शोक र विपद्को अवस्थालाई मध्यनजर गर्दै भदौ ११ गतेका लागि तय गरिएको ’महिला उद्यमशीलता सम्मेलन’ स्थगित गरेको छ ।
