• Friday 28th of August 2026

भोटेकोशी बाढी: नारायणी नदीबाट ६७ वटा शव सङ्कलन


  • आशाका किरण

रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट हालसम्म ६७ वटा शव सङ्कलन गरिएको छ । 

नदीमा बगेर आएका शवहरू सङ्कलन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभएको छ ।  सङ्कलन गरिएका शवलाई तत्काल विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ। शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कामसमेत अघि बढाइएको प्रशासनले जनाएको छ। बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो क्षति भएको थियो। बाढी तथा पहिरोमा परेर बेपत्ता भएकाहरूका शव नदीले बगाएर चितवनसम्म ल्याएको हुन सक्ने आशङ्कामा नारायणी नदी आसपासमा खोजी तथा सङ्कलन कार्य जारी राखिएको छ। शवको सङ्ख्या बढ्दै गएपछि चितवनमा व्यवस्थापनमा समस्या देखिएको छ। जिल्लामा एकपटकमा करिब ५० वटा शव मात्र सुरक्षित रूपमा राख्न सकिने क्षमता रहेकाले थप शव व्यवस्थापनका लागि वैकल्पिक तयारी थालिएको हो।

शव राख्ने ठाउँ अभाव भएपछि प्रयोगमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भवनमा कोल्ड स्टोर निर्माण गरी शव व्यवस्थापन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij