• Friday 28th of August 2026

विपद् प्रतिकार्य र राहतमा सरकारलाई पूर्ण सहयोग रहन्छ: गगन थापा


  • आशाका किरण

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकार पूर्ण रुपमा सहयोग गर्ने बताउनुभएको छ । 

बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैर सरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकता अनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताउनुभयो । 

उहाँले  गृहमन्त्रीको आग्रह अनुसार विपद्ग्रस्त क्षेत्रमा सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज उद्धारमा मद्दत पु¥याउन पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने उल्लेख गर्नुभयो । 

सभापति थापाले सबै राजनीतिक दलका नेता कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’ स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गर्नुभयो । 

त्यस्तै उहाँले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबै पीडितसमक्ष समान रूपमा सहायता पुगोस् भन्नका लागि सङ्कलित राहत रकम तथा सामग्री सरकारको विपद् कोषमार्फत एकद्वार प्रणालीबाट मात्र परिचालन गर्ने सहमति भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij