\n\n\n
  • Wednesday 14th of October 2026

फोरेन्सिक जाँच र शव पहिचानका लागि सरकारद्वारा छिमेकी देशहरूसँग प्राविधिक सहयोग माग


  • आशाका किरण

सरकारले फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि समेत छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग मागेको छ ।

शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनाललेविपद् प्रभावित सुरुङभित्र फसेकाहरूको उद्धारका साथै जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, फोरेन्सिकजाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग मागरिएको जानकारी दिनुभएको हो । उहाले भारतबाट ११ सदस्यीय सुरुङ उद्धार प्राविधिक टोली परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने जानकारी दिनुभयो ।

मन्त्री खनालले भारतबाट ५७ टनभन्दा बढी राहत सामाग्री प्राप्त भइसकेको र चीन, जापान, अष्ट्रेलिया लगायतका देशहरूबाट आवश्यक सामाग्रीहरू आउने क्रम जारी रहेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय दूतावासहरूसँग समन्वय गरी पर्यटकका परिवारलाई सूचना दिने र शव पहिचान तथा फिर्ता पठाउने प्रक्रिया सहज बनाइएको उहाले बताउनुभयो ।

मन्त्री खनालले बाढी आएको स्थानभन्दा तल्लो तटीय क्षेत्रमा पानी जमेर बनेको ताल र त्यसबाट हुनसक्ने सम्भावित जोखिमबारे दुवै देशको प्राविधिक समन्वयमा निरन्तर निगरानी भइरहेको बताउनुभयो ।

बाढीको प्रभाव निश्चित क्षेत्रमा मात्र सीमित रहेकाले नेपालका अधिकांश प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्णतः सुरक्षित र खुला रहेको उहाको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij