• Monday 31st of August 2026

भोटेकोशी बाढी: मृतकको सङ्ख्या ७३४ पुग्यो, साढे २४ सयभन्दा बढी अझै बेपत्ता


  • आशाका किरण

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या सात सय नाघेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहानसम्म ७ सय ३४ जनाको शव फेला परेको जनाएको हो । रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको छ । अझै २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको समेत प्राधिकरणले उल्लेख गरेको छ ।

यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij