• Monday 31st of August 2026

भोटेकोशी बाढी: ८ हजारभन्दा बढीको उद्धार, ७ सयभन्दा बढीको मृत्यु


  • आशाका किरण

रसुवाको भोटेकोशी बाढीपछि ८ हजार बढिको उद्धार गरिएको छ । 

नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्धारका लागि हेलिकप्टर परिचालन र सोही केन्द्रमा नै उद्धार गरि ल्याउने व्यवस्था गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८ हजार १ सय ८६ जनाको उद्धार गरिएको छ ।

उद्धार गरि ल्याएकाहरूलाई सैन्य तालिम केन्द्रमा नै उपचारको व्यवस्था मिलाइएको छ भने उनीहरूको नामावली समेत बाहिर टाँसेर परिवारजनलाई जानकारी गराइएको छ । यसैबीच आफ्ना आफन्तको उद्धारको प्रतिक्षामा ठूलो सङ्ख्यामा सर्वसाधारणहरू सैन्य तालिम केन्द्र पुग्ने गरेका छन् । उनीहरूले बेपत्ता आफन्तका नाम सुरक्षाकर्मीलाई टिपाउँदै छिटो खोजी कार्य गर्न आग्रह समेत गरेका छन् ।

बेपत्ता भएका व्यक्तिका परिवार

बेपत्ता भएका व्यक्तिका परिवार

रसुवाको भोटेकोशी बाढीपछि हालसम्म सात सय बढिको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij