• Monday 31st of August 2026

विदुरको ढुङ्गे क्षेत्रमा भीड बढेपछि उद्धारमा बाधा, अनावश्यक भीडभाड नगर्न प्रशासनको आग्रह


  • आशाका किरण

रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको बिदुरको ढुङ्गे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ । 

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुङ्गे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सर्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ । भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो र गेग्रान पन्छाउने कार्यमा खटिएकाहरूलाई बाधा पुगेपछि

सुरक्षा निकायले माइकिङ गर्दै अनावश्यक भीडभाड नगरिदिन र आफ्नो गन्तव्यतर्फ मात्रै अघि बढ्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij