• Monday 31st of August 2026

विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिन्छौँ: नेपाली कांग्रेसका सभापति गगन थापा


  • आशाका किरण

नेपाली कांगे्रसका सभापति गगन कुमार थापाले बिपद्को समयमा सरकारलाई पूर्ण रुपमा साथ दिएर अघि बढ्ने बताउनुभएको छ । 

आइतबार पार्टी कार्यालय सानेपामा भोटेकोशी बाढी पछि उत्पन्न विपत व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा आयोजित बैठकमा सभापति थापाले  विपद्को घडीमा सरकारसँग काँधमा काँध मिलाएर पूर्ण रूपमा साथ दिने बताउनुभएको हो ।

 उहाँले प्रमुख प्रतिपक्ष दलको नाताले सरकारका कमिकमजोरीलाई सुधार गर्न औंल्याइदिने जिम्मेवारी पूरा गर्ने धारणा राख्नुभयो । हाल तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन स्पष्ट कार्यविभाजन हुनुपर्ने भन्दै  उहाँले संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै टिमको रूपमा लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सभापति थापाले कुनै पनि भ्रामक वा मिथ्या सूचना फैलाउने काममा नलाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । 

बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा पार्टीका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको छ भने उद्धार र शव व्यवस्थापनमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । 

प्रभावित तथा पीडितहरूका लागि खाना, लत्ताकपडा बन्दोबस्ती, र स्वास्थ्य उपचारको तत्काल उचित व्यवस्था हुनुपर्ने, विपद् प्रभावित क्षेत्रका बालबालिकाहरूको शिक्षासँग जोडिएका समस्याहरूलाई विशेष ध्यान दिनुपर्ने  उहाँले बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij