• Tuesday 1st of September 2026

रसुवा बाढी: ९ सय ३ जनाको निधन, ४ हजार ३ सयभन्दा बढी सम्पर्कविहीन


  • आशाका किरण

रसुवा बाढीमा परी हालसम्म ९ सय बढिको निधन भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानसम्म ९ सय ३ जनाको निधन भएको जनाएको हो । प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उद्धार गरिएको

प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भइरहेको उहाँले बताउनुभयो । प्रवक्ता महतले हालसम्म प्रभावित क्षेत्रमा हेलिकप्टर उडानमार्फत अति आवश्यक राहत सामग्री ढुवानी गरिएको जानकारी दिनुभयो । त्यस्तै अवरुद्ध सडकहरू खुलाउने तथा वैकल्पिक मार्ग पहिचान गरी सुरक्षित आवतजावतको व्यवस्था गरिएको र बाढीको रियल टाइम डेटा पाउन गल्छी र रसुवाको टिमुरेमा २ वटा स्टेसन स्थापना गरिएको उहाँले बताउनुभयो ।

साथै नेपाली सेना, सरकार तथा छिमेकी मुलुकहरूको सहयोगमा बेली ब्रिज राखेर यातायात तत्काल सञ्चालन गर्ने तयारी भइरहेका प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij