• Wednesday 2nd of September 2026

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना बेपत्ताभोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना बेपत्ता


  • आशाका किरण

रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ९८७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार बिहानसम्म ९ सय ८७ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।

यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । जसमध्ये प्रहरीका २५, सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना कर्मचारी रहेका छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ । विपद्पछिको उद्धारका लागि २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij