• Wednesday 2nd of September 2026

रसुवा बाढीबारे सदनमार्फत आधिकारिक तथ्य सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग


  • आशाका किरण

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा सरकारले सदनमार्फत तथ्य र यथार्थ जानकारी दिनुपर्ने बताउनुभएको छ । 

मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकपछि थापाले भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा आम जनताको विश्वास सदनप्रति हुने भएकाले सदनमार्फत आधिकारिक तथ्य र यथार्थ जानकारी प्रवाह गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्रभावित क्षेत्रमा राहत सामग्री धेरै पुगिसकेको तर यसको उचित व्यवस्थापन मात्र खाँचो रहेको उल्लेख गर्नुभयो । बेत्रावतीको एक घरमा २४ जनाको शव भेटिएको जस्ता हृदयविदारक घटनाहरूले राज्य र सहयोगीहरू पुग्न नसकेका अझै धेरै स्थानहरू बाँकी रहेको देखाएको उहाँले भनाइ छ । उहाँले तत्कालका लागि उद्धार र राहत कार्यमा कुनै अवरोध नहोस् भन्नाका लागि २–३ दिन सरकारलाई काम गर्न दिनुपर्ने र काममा बाधा पु¥याउन नहुने जिकिर गर्नुभयो ।

त्यस्तै प्रभावित स्थानमा भीडभाड कम गर्न फिल्डमा काम गर्ने छुट्टै टोली खटाइएको र अन्य सांसदहरूले सदनमार्फत नीतिगत सहयोग गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । थापाले मुख्य राजमार्ग बन्द हुँदा आवतजावतमा कठिनाइ भएकोले सरकारले तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने बताउनुभयो । मानवीय विपद् र सङ्कटको घडीमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि महङ्गी नगर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij