कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारको काम व्यापार व्यवसाय गर्ने नभएको बताउनु भएको छ ।
मोरङ उद्योग व्यापार सङ्घको ६९ औं वाषिर्क साधारण सभाको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले व्यापार व्यवसाय गर्न सहजता आउने गरी औद्योगिक वातावरण बनाउने तर्फलाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कोशी प्रदेश सरकारले पर्यटन तथा उद्योग क्षेत्रमा लगानीको वातावरण बढाउन लगानी सम्मेलन आयोजना गरेको जानकारी दिनुभयो । उहाँले विराटनगरलाई कोशी प्रदेशको राजधानी बनाउने गरी उद्योगी व्यवसायीहरुले पू्र्वाधार निर्माणमा आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले औद्योगिक वातावरण निर्माणका लागि सरकारलाई पटक पटक आग्रह गरिएको भएपनि आवश्यक नीति, कानुन र पू्र्वाधारमा सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएको समस्या निराकरणका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्ने सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा सङ्घका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो भने मोरङ उद्योग व्यापार सङ्घले ७५ वर्षमा गरेका कार्यहरूको स्मारिका विमोचन गरिएको थियो ।
