• Friday 4th of September 2026

स्याफ्रुबेँसी सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन कुलमान घिसिङको सरकारलाई सुझाव


  • आशाका किरण

 

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभएको छ । 

प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिनुभएको हो । बाढीको कारण सडक सम्पर्क नहुँदा उपकरण पु¥याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहँदा कठिन भएको उहाँले बताउनुभएको छ ।

त्यस्तै बालबालिका, महिला तथा वृद्धवृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनुपर्ने; बालबालिकालाई काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिनुभयो ।

उहाँले नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरेर सुरक्षित स्थानमा मात्र सडक र पूर्वाधार बनाउनुपर्ने, क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनाहरूलाई सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव दिइएको उहाँले  जानकारी दिनुभयो । 

उहाँले  मुलुक सङ्कटमा परेको बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको उल्लेख गर्नुभयो । सो क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सरकार गम्भीर भएर लागेको बताउनुभएको थियो ।त्यस्तै प्रधानमन्त्रीसँग अन्य राजनीतिक लगायतका विषयमा सकारात्मक छलफल भएको घिसिङले बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij