• Friday 4th of September 2026

कृष्णभीरमा पहिरोले सडक कटान गरेपछि काठमाडौँ उपत्यकामा ग्यासको (अभाव)


  • आशाका किरण

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको छ । 

भाद्र १० गतेको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरको सडक कटानमा परेपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको हो ।

पहिरोपछि ग्यास बुलेट आउन नसक्दा ग्यासको आपूर्ति ठप्प भएको छ । जसका कारण उपभोक्ताहरू मर्कामा परेका हुन् । सहज रुपमा ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर ग्यास कम्पनीमा पुगेका छन् भने ठूला डिलर लगायत बिक्री केन्द्रमा खाली सिलिन्डरको लामो लाइन देखिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ आउन नसकेपछि उपत्यका बाहिर नै सिलिन्डरका भरेर ल्याउने तयारी गरिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij