• Friday 4th of September 2026

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न वर्षमान पुनको सुझाव


  • आशाका किरण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता पुनले बिपद् व्यवस्थापन पछि पुनर्निर्माण ठूलो चुनौतीको रुपमा रहेको भन्दै अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको हो । उहाँले

विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद् बढेकाले संयुक्त राष्ट्रसङ्घ लगायतका विश्व मञ्चहरूमा क्षतिपूर्तिको सशक्त दाबी र अपिल गर्नुपर्ने बताउनुभयो । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्रलाई सक्रिय बनाउन तत्काल सर्वदलीय बैठक बोलाउने तथा राहत र पुनर्निर्माणको प्रभावकारी नियमनका लागि “संसदीय अनुगमन समिति“ गठन गर्न उहाले आग्रह गर्नुभयो । साथै उहाँले नदी तटीय क्षेत्रको नयाँ मापदण्ड बनाई त्रिशूली सभ्यता पुनर्स्थापना गर्ने, ’ल्यान्ड पुलिङ’ मार्फत व्यवस्थित आवास निर्माण गरी हस्तान्तरण गर्ने तथा व्यवसायीहरूको क्षतिको मूल्याङ्कन गरी विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । 

उहाँलेहिमनदी पग्लिने र हिमताल फुट्ने जोखिमको अध्ययन गर्न नेपाल सरकार, ग्रीन क्लाइमेट फन्ड तथा एडप्टरसँग फन्डको सहकार्यमा “राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष“ खडा गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij