• Monday 7th of September 2026

ब्रेक थ्रु’ नभएसम्म जलविद्युत् आयोजनाको टनेलमा उद्धार कार्य रोकिँदैन: नेपाली सेना


  • आशाका किरण

नेपाली सेनाले ब्रेक थू्र नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवास जग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको भन्दै सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थू्र नभएसम्म काम नरोकिने स्पष्ट पार्नुभयो ।  बाढीले प्रभावित जलविद्युत आयोजनाहरूमा करिव १ सय २१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ । रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्ट सम्म पुगी खोजी कार्य गरिएको सहायक रथी थापाले बताउनुभयो । त्यस्तै त्रिशूली–३ ए मा को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्विपमेन्ट सामग्री सहित निरन्तरता खोजमा लागि रहेको उहाले बताउनुभयो ।

त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र  अडिट २ टनेलबाट एक्साभेटर लगाएतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । त्यसैगरी चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशुली १ मा विदेशी सहितको टोलीले थप खोजी कार्य गरेको समेत थापाले बताउनुभयो । 

सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij