• Tuesday 8th of September 2026

सहिदले देखेको सपना पुरा गर्न निरन्तर लागिपरेका छौँ: गृहमन्त्री सुधन गुरुङ


  • आशाका किरण

गृहमन्त्री सुधन गुरुङले सहिदले देखेको सपना पुरा गर्ने गरि देश बनाउने काममा निरन्तर लागि परेको बताउनुभएको छ । 

जेनजी सहिद दिवसका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफू र नेपाल सरकारका सम्पूर्ण मन्त्रीहरू सहिदले देखेको सपना र जनताको भरोसा टुट्न नदिन निरन्तर खटिरहेको बताउनुभएको हो । उहाँले जनता ठूलो आशाका साथ आउँदा आफ्नो तर्फबाट कुनै कमी–कमजोरी नहोस् भनेर रातमा सुत्न पनि डर लाग्ने गरेको उल्लेख गर्नुभयो ।

जेनजी आन्दोलन इतिहास भइसकेको र ३ करोड नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कसैले फेर्न वा अपमान गर्न नसक्ने उहाँले बताउनुभयो ।

अहिले पनि केही नेताहरूले जेनजी आन्दोलनलाई अपमान गर्ने गरेको भन्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूलाई समयमै सुध्रिन आग्रह गर्नुभयो । उहाँले आफ्नो अडान र लक्ष्यबाट पछि नहट्ने, बरु जस्तोसुकै चुनौती वा गोलीको सामना गर्न तयार रहेको धारणा राख्नुभयो । 

आफूहरू राजनीति सिक्न नभई युवा पुस्तालाई सेवाको राजनीति आएको उहाँको भनाइ छ ।  उहाँले  मन्त्रीको कुर्सीलाई आफूले सत्ता र शक्तिको रूपमा नलिएको बताउनुभयो । गृहमन्त्री गुरुङले प्रहरी लगायतका सम्पूर्ण सुरक्षाकर्मीहरूलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्दै यसपटकको गृहमन्त्री “घुस्याहा“ नभएको र उनीहरूको साथमा सधैं उभिने बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij