• Wednesday 9th of September 2026

प्रधानमन्त्रीलाई महेश बस्नेतको चेतावनी: ‘राष्ट्रसङ्घको कार्यक्रमबाट फर्केलगत्तै राजीनामा दिनू’


  • आशाका किरण

नेकपा एमालेका सचिव महेश बस्नेतले संयुक्त राष्ट्रसङ्घको कार्यक्रमबाट फर्के लगतै राजीनामा दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ ।

गत वर्ष भाद्र २४ गते भएको आगजनी विरुद्ध बुधबार आफ्नै निवास भक्तपुरमा विरोध कार्यक्रमको आयोजना गर्दै बस्नेतले वर्तमान सरकार रहेसम्म देशको हित नहुने भन्दै संयुक्त राष्ट्रसङ्घको कार्यक्रमबाट फर्किएलगत्तै राजीनामा दिन चेतावनी दिनुभयो ।

राजीनामा नआएमा २३ – २४ गतेको घटना जस्तै जनताको आक्रोश उर्लिने र संसद् पुनःस्थापनालगायतका मागसहित जेनजी तथा विभिन्न समूहलाई समेटेर सशक्त आन्दोलन चर्काउने उहाँले बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनमा ६ जना प्रहरीको हत्या गरिएको उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो । उहाँले लुटपाटमा मृत्यु भएकाका परिवार पीडित भएकाले क्षतिपूर्ति दिनुपर्ने तर उनीहरूलाई सहिद घोषणा गर्ने कदमको कडा विरोध गर्नुभयो ।

सिंहदरबार, संसद् भवन जलाउने र गोली चलाउने काम एउटै समूहले गरेको उहाँले बताउनुभयो ।

उहाँले राहत कोषमा सरकारले १२ अर्ब कब्जा गरेकाले एमालेले आफ्ना कार्यकर्ताको गाँस कटाएर उठाएको १ करोड २० लाख रुपैयाँ सीधै बाढी पीडितलाई वितरण गरिएको धारणा राख्नुभयो । स्थानीय तहले जग्गा उपलब्ध गराएमा नेकपा (एमाले) ले पीडितहरूका लागि ५०० वटा अस्थायी बासस्थान घर निर्माण गरिदिने उहाँले भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij